आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
सारांश
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र मुख्य आधार भएको बताएका छन्।
- उनले कृषि रूपान्तरणका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्त्वपूर्ण हुने र नयाँ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।
- यस दीक्षान्त समारोहमा कुल दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि रूपान्तरणको आधारका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्ति महत्त्वपूर्ण भएको बताएका छन्।
शनिबार चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले यसको रूपान्तरणका लागि विज्ञान, प्रविधि र दक्ष जनशक्तिमा जोड दिनुपर्ने बताएका हुन्।
कृषिमा लगानी गर्नुपर्ने विषयमा पटक–पटक जोड दिइए पनि त्यसअनुसार लगानी हुन नसकेकाले अब बन्ने नयाँ सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको उनले स्पष्ट पारे। यसका साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई एउटा नमुना विश्वविद्यालयका रूपमा विकास गर्न अन्य विश्वविद्यालयहरूसँगको समन्वयमा आफूले विशेष ध्यान दिने धारणासमेत उनले राखे।
यस दीक्षान्त समारोहमा विश्वविद्यालयबाट कुल दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्। जसमा स्नातक तहका एक हजार ८३६, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका ३० जना विद्यार्थी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण