शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान

शनिबार, ०६ असार २०८३, १७ : ०३
शनिबार, ०६ असार २०८३

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विट्जरल्याण्डमा हुने वार्ताका लागि प्रस्थान गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले साे कुराकाे जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिका र इरानबिच तय गरिएको वार्ता स्थगित भएपछि उनी त्यहाँ जान लागेका हुन् । अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले विटकफ शुक्रबार अल्पाइन मुलुकतर्फ प्रस्थान गरेको जनाएको छ ।

सिएनएनका अनुसार प्रारम्भिक शान्ति सम्झौतालाई पुनः‘सही दिशामा ल्याउने’उद्देश्यसहित अमेरिका र इरानबिच प्राविधिक तहका वार्ता अघि बढाउने प्रयास भइरहेको छ ।

त्यस्तै, ट्रम्पका दूत जेरेड कुशनर पनि वार्ताका लागि स्विट्जरल्याण्डमा हुने अपेक्षा गरिएको छ । एक्सियोसले भने उनी पहिले नै त्यहाँ पुगिसकेका छन् ।

विटकफले इरानी अधिकारीहरूसँग भेटवार्ता गर्ने भन्नेबारे तत्काल स्पष्ट नभएको जनाएका छन् । उपराष्ट्रपति जेडीभान्सको स्विट्जरल्याण्ड भ्रमण पनि पहिले तय भए पनि पछि स्थगित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबारका लागि तय गरिएको अमेरिका–इरानवार्ता मध्यपूर्वमाजारी द्वन्द्व अन्त्य गर्ने तथा दीर्घकालीन समाधानतर्फ अघि बढ्ने उद्देश्यसहित तय गरिएको थियो । तर वार्ताको नयाँ मिति भने अझै घोषणा गरिएको छैन ।

फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको घटनापछि युद्ध सुरु भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप