आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
सारांश
- विराटनगरमा चिट्ठा मार्फत ठगी गर्ने सुवास राई पक्राउ परेका छन्।
- राईले ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड नामक कम्पनी खडा गरी आकर्षक विद्युतीय सामानको प्रलोभन देखाएर सर्वसाधारणसँग रकम उठाउने गरेका थिए।
- प्रहरीले ठगीमा प्रयोग गरिएका विभिन्न कागजात र रसिदसहित राईलाई चिट्ठा खेलाइरहेकै अवस्थामा पक्राउ गरेको हो।
विराटनगर । विराटनगरमा आकर्षक इलेकट्रोनिक सामानहरू उपहार पर्ने प्रलोभन देखाई अवैध रूपमा चिट्ठा खेलाएर सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ११, महेन्द्र चोक बस्ने ३५ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार राईले अनधिकृत रूपमा ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड नामको कम्पनी खडा गरी विभिन्न आकर्षक विद्युतीय सामानहरू चिट्ठामा पर्ने भन्दै रसिद काटेर रकम उठाउने गरेका थिए। विशेष सूचनाका आधारमा आषाढ ५ गते दिउँसो अन्दाजी दुई बजे खटिएको प्रहरी टोलीले राईलाई उक्त कम्पनीको नाममा रहेका विभिन्न कागजात र रसिदसहित चिट्ठा खेलाइरहेकै अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट ठगी कार्यमा प्रयोग गरिएका विभिन्न कागजातहरू समेत बरामद गरेको छ। बरामद गरिएका कागजातहरूमा ओसियन डिजिटल सोलुसन प्राइभेट लिमिटेड लेखिएको एक थान ग्राहक पुस्तक, एक सय त्रिपन्न थान ग्राहकहरूको नामावली विवरण, ग्राहकहरूलाई दिइएको रसिदको एक सय पचास थान अर्धकट्टी र चार थान अग्रिम बुकिङ फारम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका राईविरुद्ध चिट्ठा ऐन २०२५ अन्तर्गत चिट्ठा सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण