नेपालमा यसरी मनाइयो भारतको ७२ औँ स्वतन्त्रता दिवस, तस्विरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले बुधबार भारतको ७२ औँ स्वतन्त्रता दिवस मनाएको छ ।
भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा फहराएर कायक्रमको शुभारम्भ गरेका थिए । सो अवसर राजदूत पुरीले भारतका राष्ट्रपतिको सन्देश पनि पढेर सुनाएका थिए ।
समारोहमा दूतावासका कर्मचारी, उनीहरुका परिवार लगायत नेपालका रहेका भारतीय समुदायहरुको सहभागिता रहेको थियो ।
उक्त समरोहमा भारतीय साँस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कूलका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
स्वतन्त्रता दिवसका अवसरमा राजदूत पुरीले १ वीर नारी, ७ एकल महिला, ३ मृत्त सैनिकको निकटतम नातेदार र एक जना भूतपूर्व अपाङ्ग भारतीय सेनालाई ५.३५ करोड नेपाली रुपैयाँ नगद र कम्बल वितरण गरेर सम्मान गरेका थिए ।
यस क्रममा माहोल निकै भावुक बनेको थियो । सम्मान ग्रहण गर्न आएका सैनिकका परिवारहरु भावविह्वल बनेका थिए ।
त्यस्तै, दूतावासले ६८ पुस्तकालय तथा नेपालका सबै प्रदेशका शैक्षिक संस्थालाई १७ लाख बराबरको पुस्तक पनि वितरण गरेको थियो ।
दुतावसले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था र शैक्षिक संस्थालहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु उपलब्ध गरायो । दूतावासले हालसम्म ७७ जिल्लामा कूल ६९२ एम्बुलेन्स र १३६ वटा बस वितरण गरिसकेको छ ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण