शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गर्न आउने सर्पदङ्शका बिरामी बढेका छन् । गर्मीयामसँगै गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदङ्शका बिरामी अस्पतालमा बढेका हुन् ।
अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार साउनयता अहिलेसम्म २७९ जना सर्पले डसेका छन् । सर्पदङ्शबाट जेठ महिनामा २५ र वैशाखमा १० जना बिरामी परेका छन् ।
यसैगरी, साउनमा ६६, भदौमा ७५, असोज ७०, कात्तिकमा २०, फागुन एक र चैतमा १२ जना सर्पदंशबाट बिरामी परेका उनले बताए । अस्पतालका सूचना अधिकारी अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने र मानिसहरूलाई टोक्ने बताए ।
नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्पले टोक्ने गरेका छन् । उनले काभ्रे, धादिङ, तनहुँ, रामेछाप, दोलखालगायत जिल्लाबाट सर्पदंशका बिरामी आउने गरेको बताए ।
सर्पले टोकिहाले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने, बाँध्नेजस्ता कार्य नगर्ने, कुनै पनि मलम, रासायनिक पदार्थ, तातोचिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कायम राख्ने, डस्ने सर्पको पहिचान गर्ने र बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउने गर्नुपर्दछ ।
जोगिने उपाय
सर्पदंशबाट बच्नका लागि राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घरवरपरको घाँस, झारपात काटेर सफा राख्ने जस्ता उपायबाट अपनाउनुपर्दछ ।
यस्तै, काठ, ढुङ्गा, टुटेफुटेको सामानको थुप्रा हटाउने, जमिनका दुलाहरू टाल्ने, पराल, दाउरा, आदि तान्दा जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, झूल टाँगेर मात्र सुत्ने जस्ता उपाय अपनाउनुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण