फोटो फिचर
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
आइतबार, ०७ असार २०८३, ०७ : ३८
सारांश
- पोखराको रङ्गशालामा 'स्वस्थ वृद्धावस्थाका लागि योग' भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो ।
- भारतीय दूतावासको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री, सांसद, जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
- मुख्यमन्त्री पाण्डेले योगलाई व्यायाम मात्र नभई स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको आधार बनाउनुपर्नेमा जोड दिए ।
पोखरा । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
यसै क्रममा आज भारतीय दूतावासको सहयोगमा पोखराको रङ्गशालामा सामूहिक योग कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्री तथा सांसदहरू, जनप्रतिनिधि र विभिन्न सङ्घ संस्थाको प्रतिनिधित्व छ । योगमा सामेल हुँदै मुख्यमन्त्री पाण्डेले योग व्यायाम मात्र नभएकोले जीवनशैली बनाउनुपर्ने सुझाव दिए ।

‘कतिपयले यसलाई व्यायाम मात्रै भन्छन् । तर योग स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैलीको आधार हो’ उनले भने ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण