आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बाः एक योद्धा’ बुबाको मुख हेर्ने दिन पारेर भदौमा रिलिज हुने

आइतबार, ०७ असार २०८३, १६ : ०६
आइतबार, ०७ असार २०८३

काठमाडौं । फिल्म ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन् ।

फिल्लमा ‘बाः एक योद्धा’मा ‘बा’को भूमिकामा दिव्यदेव रहेको पोस्टरले पुष्टि गरेको छ । चस्मा लगाएका उनी तनावमा देखिएका छन् । उनीसँगै छिन्, ‘बा’ कि छोरी । छोरीको भूमिकामा सुहाना थापा रहेको पोस्टरले खुलाएको छ । उनी सामान्य पहिरनमा गाउँतिर बोक्ने झोला बोकेर तनावमा हिँडिरहेको देखिन्छ ।

घरको भित्तामा टाँसेको फाटोमा चार जनाको सानो परिवार रहेको देखाउँछ, जहाँ एक छोरी, एक छोरा र बाबु–आमा छन् । फिल्ममा दिव्यदेवको अपोजिटमा झरना थापा रहेको पोस्टरमा रहेको फोटोले देखाउँछ । यो पोस्टरले खुलासा गरेको अर्को तथ्य झरना र सुहाना आमा–छोरीको भूमिकामा छन् ।

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बाः एक योद्धा’को मुख्य कथा हो । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म भदौमा कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउने भएको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप