रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नका लागि २२ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक सांगठनिक संरचना तयार गरेको जानकारी दिएको हो । पार्टीद्वारा सार्वजनिक विवरणअनुसार १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग र त्यसअन्तर्गत रहने गरी १२ सदस्यीय ‘राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३’ गठन गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन् । आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायण प्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बिपि दाहाल, सौरेन्द्र बहादुर शाह र सुदन प्रसाद ज्ञवाली रहेका छन् ।
यसैगरी, महाधिवेशनलाई प्रत्यक्ष रूपमा सञ्चालन गर्न गठित निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा.दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा चयन भएङ्का छन् । समितिको कार्यसम्पादनमा सहयोग पुर्याउन चार जना निर्वाचन कर्मचारीहरू समेत तोकिएको छ, जसमा शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्र कुमार श्रेष्ठ र मुकेश झा रहेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक बनाउन र निर्वाचन प्रक्रियालाई पूर्ण लोकतान्त्रिक पद्धतिबाट सम्पन्न गर्न यो समितिले भूमिका खेल्ने उल्लेख गरेका छन् । पार्टीको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
-
रास्वपा महाधिवेशन हलबाहिरको दृष्यः कोही भाषण सुन्दै, कोही शौचालय र मोहीको लाइनमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण