एपीएफ स्कुलमा आर्थिक अनियमितताको आरोप, हेडक्वार्टरले थाल्यो छानबिन
सारांश
- कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता भएको विवरण सार्वजनिक भएको छ।
- विद्यालयको रकम व्यक्तिगत खातामा राखेर ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ दुरुपयोग गरेको उजुरकर्ताको दाबी छ।
- सशस्त्र प्रहरी प्रधान कार्यालयले यस विषयमा छानबिन सुरु गरेको छ र केही अधिकृतहरू पनि छानबिनको दायरामा छन्।
काठमाडौँ । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता भएको दाबीसहित उजुरी परेको छ । विद्यालयको रकम त्यहाँ कार्यरत लेखा प्रमुखले रकम दुरुपयोग गरेको दाबीसहित सूचना पुगेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।
एपीएफ स्कुलको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको भन्ने उजुरी सशस्त्रको हेड्क्वार्टरमा परेको थियो । स्कुलको रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको उजुरकर्ताको दाबी छ । इन्स्पेक्टर कल्पना गुरुङ एपीएफ स्कुलको लेखामा कार्यरत छिन् ।
एपीएफ स्कुलको आर्थिक अनियमितताबारे छानबिन भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) नेत्रबहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने– ‘त्यसबारे कानुन निर्देशनालयले आन्तरिक छानबिन गरिरहेको छ ।’
प्रारम्भिक छानबिन गर्दा विद्यालयको रकम असम्बन्धित व्यक्तिहरू र संस्थाको खातामा गएको भेटिएको छ । सशस्त्रका एक जना उच्च अधिकृतका अनुसार हेडक्वार्टरले ४ आर्थिक वर्षको बैंकिङ्ग कारोबारको विवरण मागेको छ ।
सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदादेखि नै एपीएफ स्कुलको लेखामा कार्यरत गुरुङ इन्स्पेक्टरमा बढुवा भएपछि पनि एकै ठाउँमा कार्यरत छिन् । उक्त अनियमिततालाई प्रधान कार्यालयका केही अधिकृतहरूले पनि साथ दिएको आशङ्का गरिएको छ । सो प्रकरणमा कल्याण महाशाखामा कार्यरत लेखापाल (डीएसपी) महेन्द्र हमाल पनि छानबिनको दायरामा छन् । एपीएफ स्कुल कल्याणको बजेटबाट सञ्चालन हुँदै आएको छ ।
विद्यालयमा भएको अनियमितता थाहा भएर पनि डीएसपी महेन्द्र हमाले सङ्गठनलाई जानकारी नदिएर गुपचुप राखेको आरोप छ । २०८२ मङ्सिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप सहित विभिन्न निकायमा उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
-
राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ भन्ने प्रश्न सबैतिर छ : प्रदीप ज्ञवाली
-
लागुऔषध मुद्दाका फरार राई शङ्खपार्कबाट पक्राउ
-
अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा
-
रास्वपालाई एमाले उपमहासचिव ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
-
रास्वपा महाधिवेशन हलबाहिरको दृष्यः कोही भाषण सुन्दै, कोही शौचालय र मोहीको लाइनमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण