रास्वपालाई एमाले नेता ज्ञवालीको सुझाव : गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ, दुर्घटनाबाट जोगिनुहोला
आइतबार, ०७ असार २०८३, १७ : १२
सारांश
- नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् ।
- ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गर्दै एक्सिलेटरसँगै ब्रेकको पनि आवश्यकता औंल्याए ।
- उनले एक्सिलेटर मात्र थिचेर ब्रेक नदिए दुर्घटना हुनसक्ने भन्दै रास्वपालाई सन्तुलनको ख्याल गर्न आग्रह गरे ।
चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् ।
रास्वपाको आजदेखि चितवनमा सुरु भएको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ दलका रूपमा रास्वपाले छोटो समयमा हासिल गरेको उपलब्धिलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने बताए ।
ज्ञवालीले रास्वपाको कार्यशैलीलाई गाडीको गतिसँग तुलना गरे । उनले गाडीमा एक्सिलेटरसँगै ब्रेक राखिएको र दुवैको महत्त्वपूर्ण भूमिका हुने बताए ।
‘गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि राखिन्छ। यदि एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुनसक्छ। रास्वपाले पनि आफ्नो गतिसँगै सन्तुलन (ब्रेक) को ख्याल गरोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण