पार्टी स्थापना गर्ने म महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ : मुकुल ढकाल
आइतबार, ०७ असार २०८३, १४ : ४६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा आफूलाई निम्तो नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
- पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएकोमा उनले सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् ।
- महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रम नभई पार्टीको दिशा निर्धारण गर्ने विषय हुनुपर्ने ढकालले बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो महाधिवेशनमा नबोलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले लेखेका छन्,‘आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना,पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ।’
महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनको कार्यक्रममा सीमित नहुनुपर्नेमा जोड दिँदै पार्टीले कुन दिशा रोज्छ भन्ने ठुलो विषय भएको बताए । उनले “राजव्यक्ति” नगर्न र “राजनीति” गर्न सुझाव समेत दिएका छन् । आजदेखि चितवनमा रास्वपाकाे प्रथम महाधिवेशन सुरु भएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी मान्छेले खानै हुन्न काँचो प्याज
-
रास्वपाद्वारा २२ सदस्यीय महाधिवेशन निर्वाचन समिति गठन
-
२० तस्बिरमा हेर्नुहोस् रास्वपाको उद्घाटन सत्र
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अझै डराइरहेछन् जहाज कम्पनी
-
पशुपतिनाथ दर्शनको तस्बिर राख्दै बलिउड अभिनेत्री शर्लिनले भनिन् : शिवको आशिर्वादले धन्य भएँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण