*राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत विरुद्ध मुद्दा दायर
सारांश
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा विदेशी कम्पनीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
- बोलपत्रको सर्तहरूमा बदनीयतपूर्ण हेरफेर गरी राज्यलाई १० अर्ब १३ करोडभन्दा बढी नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
- मुद्दामा विभागका तत्कालीन १० कर्मचारी, दुई जर्मन कम्पनी र तिनका प्रतिनिधिहरू प्रतिवादी बनाइएका छन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा विदेशी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बोलपत्रको सर्तहरूमा बदनीयतपूर्ण हेरफेर गरी राज्यलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ नोक्सानी पुर्याएको दाबी गरेको छ।
मुद्दा दायर गरिएकाहरूमा विभागका तत्कालीन १० जना कर्मचारी र दुई जर्मन कम्पनी र तिनका ३/३ जना प्रतिनिधिहरू रहेका छन्। मिलेमतोमा निश्चित कम्पनीलाई ठेक्का सुम्पिएर सरकारी सम्पत्ति हानि–नोक्सानी गरेको अख्तियारको जिकिर छ ।
राष्ट्रसेवक पदाधिकारी/कर्मचारी र आपूर्तिकर्ता कम्पनी एवं कम्पनीहरूका आधिकारीक प्रतिनिधिहरू समेतलाई प्रतिवादी बनाई सोमबार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
(*यसअघि प्रकाशित समाचारमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध समेत मुद्दा दर्ता भएको उल्लेख हुन पुगेकामा क्षमायाचनासहित सच्याइएको छ-सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण