रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच आपसमा अत्यन्त राम्रो ट्रस्ट रहेको बताएका छन् ।
- उनले पार्टीमा रवि–बालेन पक्ष भन्ने केही नरहेको र सबै निर्णय लोकतान्त्रिक प्रक्रियाबाट हुने स्पष्ट पारे ।
- पोखरेलले सभापति र प्रधानमन्त्री दुवै एक–अर्काप्रति पूर्ण विश्वस्त रहेको र यो विश्वास उनीहरूको व्यवहारमा देखिने बताए ।
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच आपसमा अत्यन्त राम्रो ट्रस्ट रहेको बताएका छन् ।
भरतपुरस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीमा रवि बालेन पक्ष भन्ने केही नरहेको बताए । ‘रवि–बालेन पक्ष भन्ने केही पनि छैन हाम्रो पार्टीमा । जे हुन्छ लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ’, उनले भने– ‘यदि बाहिर कुरा नमिलेको भए स्टेजमा पनि कुरा मिल्दैन । स्टेजमा मिलेर हामी नाटक मञ्चन गरेको त होइन ।’
उनले स्टेजमा जे भयो, बाहिर पनि त्यही भइरहेको भन्दै दुवै नेता महाधिवेशनमा कुनै पनि त्रुटि नहोस् भन्ने पक्षमा रहेको दाबी गरे । ‘सभापति र प्रधानमन्त्री पहिलो पटक ऐतिहासिक रूपमा भइरहेको महाधिवेशनमा कुनै पनि त्रुटि नहोस् भन्ने पक्षमा हुनुहुन्छ’, पोखरेलले भने, ‘हाम्रो पार्टीमा के कुरा स्पष्ट छ भने सभापति पनि एक जना । नत्र हामीले सभापति पनि दुई जना बनाउँथ्यौ होला ।’
उनले प्रधानमन्त्री पनि एक जनाले पाँचै वर्ष चलाउने कुरामा कुनै दुबिधा नभएको भन्दै त्यसमा सभापतिले प्रधानमन्त्रीजीलाई ट्रस्ट गरेको र सभापतिलाई पनि प्रधानमन्त्रीले ट्रस्ट गरेको बताए । ‘दुई जनाबिच जति पनि ट्रस्ट छ त्यो व्यवहारले देखाउँछ’, पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण