मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी
सारांश
- सरकारले नेपालमा मेडिकल शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूको कोटा बढाउने तयारी गरेको छ।
- शिक्षा सचिव चुडामणि पौडेलले संसदीय समिति बैठकमा विदेशी विद्यार्थीका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिए।
- नेपालका विश्वविद्यालयमा हाल करिब १४ सय विदेशी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये मेडिकल शिक्षामा आकर्षण सबैभन्दा बढी छ।
काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ।
शिक्षा सचिव चुडामणि पौडेलले मंगलबार आयोजित एक संसदीय समिति बैठकमा उक्त जानकारी गराएका हुन्।
सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पौडेलले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढी आकर्षण देखिएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारे। यसका साथै उनले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीका लागि ‘स्टुडेन्ट भिसा’ (विद्यार्थी भिसा) मा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुराकानी भइरहेको बताए।
सचिव पौडेलले भने, ‘यो विदेशी विद्यार्थीहरू ल्याउने सन्दर्भमा पनि अहिले हामीसँग लगभग १४ सय जति विभिन्न देशका विद्यार्थीहरू नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले पनि पढिरहेका छन्। यसलाई स्टुडेन्ट भिसामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर गृह मन्त्रालयसँग छलफल पनि हामीले अगाडि बढाएका छौँ। र विशेष गरी विदेशी विद्यार्थीहरूको सबैभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएको हुँदा मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरूको कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार अगाडि बढिरहेको पनि म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।’
सचिव पौडेलका अनुसार हाल विभिन्न मुलुकका करिब १ हजार ४ सय जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् र तीमध्ये सबैभन्दा बढी आकर्षण मेडिकल विधामै रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण