परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा परराष्ट्र मन्त्री शिशिर खनालले पार्टीको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
- चितवनमा जारी महाधिवेशनको बन्द सत्रका क्रममा मन्त्री खनालले खुला तर्फको केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
- उम्मेदवारी दर्तापछि महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै खनालले पार्टी स्थापनाको सुरुवाती चरणदेखि हालसम्म आफूले निर्वाह गरेका विभिन्न सांगठनिक जिम्मेवारीहरूको स्मरण गर्दै अमूल्य मतका लागि आह्वान गरे।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा परराष्ट्र मन्त्री शिशिर खनालले पार्टीको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
चितवनमा जारी महाधिवेशनको बन्द सत्रका क्रममा मन्त्री खनालले मंगलबार खुला तर्फको केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै खनालले पार्टी स्थापनाको सुरुवाती चरणदेखि हालसम्म आफूले निर्वाह गरेका विभिन्न सांगठनिक जिम्मेवारीहरूको स्मरण गर्दै अमूल्य मतका लागि आह्वान गरे ।
उनी काठमाडौँ क्षेत्र नम्बर ६ बाट २०७९ को आम निर्वाचन र २०८२ फागुनको निर्वाचनमा गरी दुई पटक निर्वाचित सांसद हुन्। उनले विगतमा पार्टीको नीति तथा विचार निर्माणमा महत्त्वपूर्ण मानिने 'जलेश्वर प्रस्तावना' तयार पार्ने समिति र विभिन्न समूहहरूलाई पार्टीमा आबद्ध गराउने समितिको सह-संयोजक भएर समेत काम गरेका थिए ।
'पछिल्लो चार वर्षमा पार्टीले दिएका हरेक जिम्मेवारीलाई मैले सफलतापूर्वक निष्कर्षमा पुर्याएको छु,' उम्मेदवारी दर्तापछि बोल्दै खनालले भने, 'अहिले हामी परराष्ट्र मन्त्रालयको जिम्मेवारीमार्फत राष्ट्रको सेवामा छौँ। अब पार्टीको यो ऐतिहासिक महाधिवेशनमार्फत प्राप्त हुने जनमतले परिवर्तनलाई संस्थागत गर्न थप बल पुग्नेछ।'
उनले रास्वपाको उदय र विकासमा आफ्नो निष्ठा र पसिना सामेल रहेको उल्लेख गर्दै आगामी दिनमा पार्टीको नीतिगत र सांगठनिक सुदृढीकरणका लागि फेरि एकपटक केन्द्रीय सदस्यका रूपमा योगदान दिन चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण