समूह 'डी'को निर्णायक भिडन्त सुरु
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीका अन्तिम खेलहरू सुरु भएका छन्, जसमा अमेरिका नकआउट चरणमा पुगिसकेको छ भने टर्की बाहिरिएको छ।
- अमेरिका र टर्कीबीचको खेल औपचारिकता मात्र हुनेछ, तर अस्ट्रेलिया र पाराग्वेबीचको खेलले नकआउट चरणको दोस्रो स्थानको टुंगो लगाउनेछ।
- अस्ट्रेलियालाई नकआउट चरणमा पुग्न बराबरी नै पर्याप्त हुनेछ, जबकि पाराग्वेलाई जित अनिवार्य छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीका अन्तिम खेलहरू सुरु भएका छन् । यस समूहबाट अमेरिका यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने टर्की प्रतियोगिताबाट बाहिरिएको छ।
लस एन्जलस स्टेडियममा हुने खेलमा अमेरिका र टर्की आमनेसामने हुनेछन्। दुवै टोलीका लागि यो खेल समूहको अन्तिम औपचारिकता मात्र हुनेछ, किनकि अमेरिकाले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको छ भने टर्कीको यात्रा समूह चरणमै टुंगिएको छ।
यता, सान फ्रान्सिस्कोमा हुने अर्को खेल भने निकै निर्णायक हुनेछ। अस्ट्रेलिया र पाराग्वेबीचको भिडन्तले नकआउट लचरणको द्धिनोफानो गर्नेछ । अस्ट्रेलियालाई नकआउट चरणमा पुग्न बराबरी नै पर्याप्त हुनेछ। तर पाराग्वेलाई दोस्रो स्थान सुरक्षित गर्न जित अनिवार्य छ। बराबरीको नतिजा आएमा पाराग्वे उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एकका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना भने रहनेछ।
पाराग्वेले यस खेलमा निलम्बनमा रहेका मिगेल अल्मिरोनको साथ पाउने छैन। उनी टर्कीविरुद्धको अघिल्लो खेलमा विपक्षी खेलाडीसँग विवादका क्रममा मुख छोपेर बोलेपछि रातो कार्ड पाएका थिए। प्रशिक्षक गुस्ताभो अल्फारोले टोलीमा तीन परिवर्तन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा पदाधिकारी चयन गर्न लागि मतदान सुरु
-
प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण