अमेरिका–इरान सम्झौताले इरानी आणविक साइटमा पहुँच दिन्छ : आईएईए
सारांश
- अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौताले संयुक्त राष्ट्रसंघीय निरीक्षकहरूलाई इरानका आणविक स्थलहरूमा पहुँच दिने व्यवस्था गरेको आईएईएका प्रमुखले बताएका छन् ।
- आईएईएका प्रमुख राफेल ग्रोसीले निगरानीका लागि निरीक्षण आवश्यक रहेको र यसको विकल्प नभएको स्पष्ट पारेका छन् ।
- ग्रोसीले दुवै पक्षका फरक दाबीका कारण स्थिति अझै स्पष्ट नभएको सङ्केत गरेका छन् ।
न्युयोर्क । अमेरिका र इरानबिच भएको अन्तरिम शान्ति सम्झौताले संयुक्त राष्ट्रसंघीय निरीक्षकहरूलाई इरानका आणविक स्थलहरूमा पहुँच दिने व्यवस्था गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुखले शुक्रबार बताएका छन् । आईएईएका प्रमुख राफेल ग्रोसीले जापानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने– ‘हामीलाई निगरानी गर्न निरीक्षण आवश्यक छ, अरू कुनै विकल्प छैन ।’
उनका अनुसार अमेरिका र इरानबिच हालै भएको अस्थायी सम्झौतामा इरानको आणविक कार्यक्रम आईएईएद्वारा निगरानी गरिने स्पष्ट उल्लेख छ । जसका लागि स्थल निरीक्षण अनिवार्य हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक निरीक्षण अनुमति दिएको बताएका छन् । तर इरानले भने यस्ता दाबी अस्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घीय निरीक्षकहरूलाई नयाँ भ्रमण अनुमति दिने कुनै ठोस योजना नभएको जनाएको छ । ग्रोसीले दुवै पक्षका फरक दाबीबारे टिप्पणी गर्दै यहाँ वाक युद्धजस्तो अवस्था रहेको भन्दै स्थिति अझै स्पष्ट नभएको सङ्केत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण