रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
सारांश
- रसुवागढी नाकाको मितेरी पुलबाट दुई दिनका लागि मालवाहक सवारीसाधनको आवतजावत रोकिएको छ ।
- बाढीले पुल बगाएपछि जडान गरिएको बेलीब्रिजको परीक्षण गर्न यो निर्णय गरिएको हो ।
- स्थानीय बासिन्दा र मानसरोवरका यात्रुलाई भने आवतजावतमा कुनै असर पर्नेछैन ।
रसुवा । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।
अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो । उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
स्थानीय बासिन्दा र मानसरोवर कैलासका यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने प्रजिअ पन्थीले स्पष्ट पार्नुभयो । नेपालबाट केरूङ र केरूङबाट नेपाल भित्रने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिइएको छ ।
पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत्रूपमा सञ्चालन हुने इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण