कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
सारांश
- टेकुस्थित कौसी थिएटरमा कथा घेराको प्रस्तुति नाटक ‘द टेस्ट अफ सेलरोटी’ असार ७ गतेदेखि मञ्चन भइरहेको छ ।
- यो नाटकले फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर प्रस्तुत गर्नेछ ।
- नाटक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ, शनिबार अतिरिक्त शो दिउँसो १ बजे हुनेछ ।
काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’ मञ्चन भइरहेको छ । कथा घेराको प्रस्तुति नाटक असार ७ गतेदेखि नियमित मञ्चन सुरु भएको हो । नाटकका लेखक, डिजाइनर तथा निर्देशक मिल्सन डी.चाम्लिङ रहेका छन् ।
दुई कलाकारको अभिनयमा आधारित नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर प्रस्तुत गर्नेछ । नाटकमा मिथक, कला, विभिन्न भाषा तथा बोली र सिनेम्याटिक दृश्य संयोजन मार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका अनुभूतिलाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको छ ।
नाटकमा वेदना राई र प्रयास बान्तवा राईको अभिनय रहनेछ । उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराईले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँचले तयार गरेका छन् ।
थिएटरका अनुसार नाटक मङ्गलवार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ । शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण