पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
सोमबार, १५ असार २०८३, १३ : ०३
सारांश
- काठमाडौँको पेप्सीकोलास्थित सुर्यमुखी चोकमा सञ्चालित दुई वटा गोदाममा आगलागी भएको छ ।
- माँ ट्रेडर्समा चाउचाउ र इनर्जी ड्रिंक तथा तलेजु भवानी कन्सर्नको गोदाममा बियर आगलागीको कारण नष्ट भएको छ ।
- ३ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको छ ।
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सुर्यमुखी चोकमा सञ्चालित दुई वटा गोदाममा आगलागी भएको छ । गए राति काठमाडौँ–३२ स्थित माँ ट्रेडर्स र तलेजु भवानी कन्सर्नमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
शंखरापुर नगरपालिका वडा नम्बर–६ साँखु घर भएका धिरेन्द्र रन्जितकारले सञ्चालन गरेको माँ ट्रेडर्समा आगलागीबाट चाउचाउ र इनर्जी ड्रिंक क्षति भएको छ ।
रन्जितकार, उमेश कवाङ, रत्न दास श्रेष्ठ र ज्ञान रत्न मानन्धर मिलेर सञ्चालन गरेको तलेजु भवानी ट्रेड कन्सनको गोदाम घरमा राखिएको बियर आगलागीको कारण नष्ट भएको छ ।
दुवै गोदाम राम श्रेष्ठको जग्गा भाडामा लिएर गोदाम घर सञ्चालन गरिएको थियो । ३ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको एसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक बुधबार बस्ने
-
१ प्रतिशत शुल्क प्रस्तावको चौतर्फी विरोध, मन्त्रालय भन्छ, ‘सच्याउँछौँ’
-
नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै
-
१३ अर्ब कमाइरहेको गण्डकीले तीन वर्षमै कटाउला २० अर्ब ?
-
‘लालीबजार’ को आम्दानी ९ करोड, ‘रोल नं १’ को कति ?
-
एमाले युवाहरूले थाले मत सर्वेक्षण, सोधे १८ प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण