माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
सोमबार, १५ असार २०८३, १३ : ४०
सारांश
- नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले चुनाव र युद्धबाट आएका कम्युनिस्ट पार्टीको काम एउटै भएकाले वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन् ।
- उनले वामपन्थी आन्दोलनमा देखिएका अलमलबारे समीक्षा गर्नुपर्ने स्पष्ट पारे ।
- समाजवाद र बुर्जुवा जनवादबारे जनतामा कन्फ्युजन देखिएकाले संश्लेषण गरी ब्रेक थ्रु गर्नुपर्ने उनको भनाइ छ ।
काठमाडौँ । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले चुनावबाट आएका र युद्धबाट आएका कम्युनिस्ट पार्टीको काम एउटै भएकाले वामपन्थी आन्दोलन कमजोर भएको बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वामपन्थी आन्दोलनमा देखिएका अलमलबारे समीक्षा गर्नुपर्ने स्पष्ट पारे ।
‘चुनावबाट सरकारमा गएका माधव, झलनाथ, केपी ओली र युद्धबाट आएका प्रचण्ड, जनार्दनले गर्ने काम एउटै भयो । अन्य देशमा पनि एउटै प्रकारको भयो । यसो भएपछि जनतामा कन्फ्युजन देखियो’, उनले भने, ‘समाजवाद के हो ? बुर्जुवा जनवाद के हो भन्ने डिर्माकेसन लाइनमा कन्फ्युज पैदा भयो । अहिले हामीलै संश्लेषण गरेर ब्रेक थ्रु गर्नुपर्नेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
-
भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
-
भ्रामक खबर र अवैध चिकित्सा अभ्यासप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण