सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

नेप्से परिसूचक १६.५४ अंकले गिरावट, कारोबार रकम पनि २ अर्ब ६७ करोड मात्रै

सोमबार, १५ असार २०८३, १५ : ३४
सोमबार, १५ असार २०८३

सारांश

  • साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा झरेको छ ।
  • २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत हस्तान्तरण शुल्क लाग्ने प्रस्तावले बजार प्रभावित भएको छ ।
  • सोमबार ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा झरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ल्याउन लागेको कम्पनी ऐन, २०८३’ को मस्यौदामा २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा १ प्रतिशत हस्तान्तरण शुल्क लाग्ने प्रस्तावले बजार वृद्धि हुन सकेन ।

पुँजीबजार लगानीकर्ताहरू २५ लाख रुपैयाँभन्दा बढी मूल्यको सेयर हस्तान्तरणमा थप १ प्रतिशत व्ययभार थपिने आशकामा अन्योलसँगै तरङ्गित बनाएको देखिन्छ । उक्त व्यवस्था विषयमा लगानीकर्ताहरूले चौतर्फी विरोध गरेका थिए ।

त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स १.८४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ । त्यस्तै, नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । ३५१ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो । सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक १.३९ प्रतिशत घटेको छ । त्यस्तै, वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से १६.५४ अंकले बजार घटे पनि चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर भने ५.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप