फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक
सारांश
- अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्टलुक असार १५ को अवसरमा सार्वजनिक गरिएको छ ।
- सार्वजनिक तीन पोस्टरले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढङ्गबाट चित्रण गरेको छ ।
- चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ ।
काठमाडौँ । अभिनेता माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर चलचित्रका तीन पोस्टर फस्ट लुक्सको रूपमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरहरूले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, सङ्घर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढङ्गबाट चित्रण गरिएको छ । पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्व लाहुरेको जीवन कथाको अलावा नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा समेत उठाएको आभास गराउँछ ।
चलचित्रले आशा, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताए । चलचित्र माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारको अभिनय छ । कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायाङ्कन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, गीतमा मनोज थापा मगर, शिव बराइली र सुरज तमुको सङ्गीत सुन्न पाइनेछ । चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।
चलचित्र हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा पनि रिलिज हुने भएको छ । चलचित्र हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण