किसानलाई पेन्सन दिनुपर्ने आजपा अध्यक्ष प्रभु साहको माग
सारांश
- आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
- रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित किसानहरूका लागि राहत प्याकेज र पेन्सनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
- राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै साहले यो माग सरकारसमक्ष राखेका हुन्।
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग गरेका छन्।
मानो रोपेर मुरी फलाउने किसानहरूलाई यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेकाले यथाशीघ्र किसानका लागि राहत प्याकेजका साथै पेन्सनको व्यवस्था गर्नुपर्ने उनले बताए।
राष्ट्रिय धान दिवसको विशेष अवसरमा साेमबार आयोजित कार्यक्रममा बोल्दै आजपा अध्यक्ष साहले किसानलाई पेन्सन दिनुपर्ने माग सरकारसँग गरेका हुन्।
‘राष्ट्रिय धान दिवसको विशेष अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। मानो रोपेर मुरी फलाउने महान् किसानहरू यतिबेला रासायनिक मलको चरम अभाव र महँगीका कारण पीडित भइरहेको सन्दर्भमा, सरकारले तुरुन्तै राहत प्याकेजको घोषणा गर्नुका साथै कृषकहरूका लागि ससम्मान पेन्सनको व्यवस्था गरोस् भन्ने विशेष माग गर्दछु,’ साहले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण