भेनेजुएलालाई चीनको सहायता
काठमाडाैँ। शक्तिशाली भूकम्पबाट ठुलो मानवीय क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। दुई वटा शक्तिशाली भूकम्पका कारण एक हजार ४५० भन्दा बढी मानिसको ज्यान गएपछि बेइजिङले राहत र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा चीन सरकारले भेनेजुएलालाई निःशुल्क आपतकालीन राहत सामग्री उपलब्ध गराउने जानकारी दिए। उनका अनुसार उक्त सहायता भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार कार्य तथा पुनर्निर्माण अभियानलाई सहयोग गर्न प्रयोग गरिनेछ।
गुओले राहत सामग्री सकेसम्म छिटो भेनेजुएला पठाइने बताउँदै प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन र उद्धार कार्यलाई सहयोग पु¥याउन चीनले स्याटेलाइट तस्बिरसमेत उपलब्ध गराइरहेको जानकारी दिनुभयो । उहाँले परिस्थितिअनुसार आगामी दिनमा पनि भेनेजुएलालाई थप सहयोग गर्न चीन तयार रहेको उल्लेख गरे।
यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई शोक सन्देश पठाउँदै विपद्बाट प्रभावित जनताप्रति समवेदना व्यक्त गरेका थिए। उनले चीनले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका थिए।
यसैबिच भूकम्पका कारण आठ जना चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्धार टोलीहरू अझै प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यमा खटिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण