१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
सारांश
- दिवङ्गत सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको १३१ दिनपछि उनको राजकीय अन्त्येष्टि इरान र इराकका पाँच प्रमुख सहर हुँदै करिब ३ हजार किलोमिटरको यात्रापछि सम्पन्न गरिनेछ ।
- अमेरिका र इजरायलसँगको युद्ध, सुरक्षा चुनौती, कूटनीतिक रणनीति तथा धार्मिक कारणले अन्त्येष्टि चार महिनासम्म स्थगित गरिएको थियो ।
- नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनी आफ्ना पिताको अन्त्येष्टिमा सहभागी हुने वा नहुनेबारे अझै स्पष्ट नभएको र उनको स्वास्थ्य अवस्था तथा सुरक्षा जोखिमका कारण सार्वजनिक रूपमा देखिने सम्भावना अनिश्चित छ ।
तेहरान । इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको १३१ दिनपछि उनको राजकीय अन्त्येष्टि हुने भएको छ । जुलाई ४ देखि ९ सम्म सञ्चालन हुने अन्तिम श्रद्धाञ्जली कार्यक्रम इरान र इराकका पाँच प्रमुख सहर हुँदै करिब ३ हजार किलोमिटरको यात्रा पूरा गरेपछि सम्पन्न गरिनेछ ।
इरानी अधिकारीहरूका अनुसार अन्तिम यात्रा तेहरानबाट सुरु भएर इराकका नजफ र कर्बला हुँदै पुनः इरानका कुम र मशहद पुग्नेछ । यो कार्यक्रम इरानको इतिहासकै सबैभन्दा ठुलो राजकीय श्रद्धाञ्जली समारोहमध्ये एक हुने अपेक्षा गरिएको छ ।
चार महिनासम्म किन भयो ढिलाइ ?
अमेरिका र इजरायलसँगको युद्ध, सुरक्षा चुनौती, कूटनीतिक रणनीति तथा धार्मिक कारणका कारण अन्त्येष्टि चार महिनासम्म स्थगित गरिएको इरानी अधिकारीहरूले बताएका छन् । सुरुमा मार्च ४ देखि ६ बिच अन्त्येष्टि गर्ने योजना रहे पनि युद्धको अवस्था र ठुलो सार्वजनिक समारोहमा सुरक्षा जोखिम बढ्ने आकलनपछि कार्यक्रम सारिएको थियो ।
विश्लेषकहरूका अनुसार इरानले शान्ति वार्ता अगाडि बढेपछि खामेनेईलाई ‘पीडित’ भन्दा ‘प्रतिरोधको प्रतीक’का रूपमा अन्त्येष्टि गर्न चाहेको पनि एक कारण मानिएको छ । जुलाई ४ र ५ मा तेहरानस्थित इमाम खुमैनी मुसल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ । त्यसक्रममा सर्वसाधारणका लागि तीन दिनसम्म पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिनेछ ।
जुलाई ६ मा तेहरानको इमाम हुसेन चोकबाट आजादी चोकसम्म करिब १० किलोमिटर लामो शवयात्रा निकालिनेछ । त्यसपछि पार्थिव शरीर इराकका पवित्र सहर नजफ र कर्बलामा लगिनेछ । त्यहाँका धार्मिक अगुवा र समुदायको आग्रहपछि यी सहरलाई पनि यात्रामा समावेश गरिएको बताइएको छ । त्यसपछि अन्तिम यात्रा इरानका कुम र मशहद हुँदै अन्त्येष्टिसँगै सम्पन्न हुनेछ ।
समारोहका लागि इरान र इराकमा कडा सुरक्षा व्यवस्था गरिएको छ । इरानका प्रथम उपराष्ट्रपति मोहमद रेजा आरेफको नेतृत्वमा विशेष समिति गठन गरी तयारी भइरहेको छ । सुरक्षा तथा भीड व्यवस्थापनको जिम्मेवारी इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी) लाई दिइएको छ । मशहदमा आवश्यक परे हेलिकोप्टरमार्फत शव यात्राको सुरक्षा गरिने जनाइएको छ ।
यात्रु व्यवस्थापनका लागि मस्जिद, विद्यालय, विश्वविद्यालय र खेल परिसरलाई अस्थायी आवासका रूपमा प्रयोग गरिनेछ भने तेहरानका राजमार्गहरू अस्थायी पार्किङस्थलमा रूपान्तरण गरिने तयारी छ । केही अवधिसम्म व्यावसायिक उडानहरू पनि प्रभावित हुनसक्ने बताइएको छ ।
नवनियुक्त सर्वोच्च नेता मोज्तबा खामेनी आफ्ना पिताको अन्त्येष्टिमा सहभागी हुने वा नहुनेबारे अझै स्पष्ट भएको छैन । प्रतिवेदनहरूका अनुसार फेब्रुअरी २८ को आक्रमणमा उनी पनि गम्भीर घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था र सुरक्षा जोखिमका कारण उनी सार्वजनिक रूपमा देखिने सम्भावना अनिश्चित रहेको बताइएको छ ।
इस्लामिक परम्पराअनुसार छोराले पिताको जनाजाको नमाज पढाउने र अन्त्येष्टिमा अग्रभूमिका निर्वाह गर्ने चलन छ । त्यसैले मोजतबा खामेनी अन्त्येष्टिमा सहभागी भए त्यसले उनको नेतृत्व र स्वास्थ्यबारे उठिरहेका प्रश्नलाई धेरै हदसम्म सम्बोधन गर्ने विश्लेषण गरिएको छ । यद्यपि, इरानी अधिकारीहरूले हालसम्म जनाजाको नमाज कसले पढ्ने भन्नेबारे औपचारिक घोषणा गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
-
राष्ट्रिय सभा बैठक: नौ मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुँदै
-
गम्भीर रोगबाट बच्ने अचूक उपाय : भान्सामा दैनिक समावेश गर्नुहोस् यी १३ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण