चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औँ वर्षगाँठ: नयाँ युगका चुनौती सामना गर्न सीको आह्वान
बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिनपिङले पार्टीका सम्पूर्ण सदस्यहरूलाई आफ्नो विश्वासमा दृढ रहँदै नयाँ युग र नयाँ यात्रामा पार्टीका उद्देश्यहरू पूरा गर्न निरन्तर प्रयासका साथ अघि बढ्न आह्वान गरेका छन् ।
चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले बुधबार बेइजिङमा आयोजित सीपीसी स्थापनाको १०५ औँ वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
समारोहमा बोल्दै राष्ट्रपति सीले सिंगो पार्टीले पार्टीको आधारभूत सिद्धान्त, आधारभूत नीति र मार्गनिर्देशनलाई दृढताका साथ पालना गर्नुपर्नेमा जोड दिए । उनले ठुला ऐतिहासिक सफलताहरू हासिल गर्न पार्टीले सधैँ जनताकै भरोसा लिनुपर्ने कुरामा विशेष जोड दिएका छन् । यसका साथै आगामी यात्रामा आउन सक्ने जस्तोसुकै जोखिम र चुनौतीहरूको सक्रिय रूपमा सामना गर्न उनले सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए ।
सीले मानव जातिका लागि साझा भविष्य भएको समुदाय निर्माण गर्ने कार्यलाई पार्टीले निरन्तर अगाडि बढाउनुपर्ने बताए । उनले पार्टीभित्र पूर्ण र कडा आत्म-अनुशासन तथा सुशासन कायम राख्नका लागि निरन्तर प्रयासहरू अघि बढाउनुपर्ने कुरालाई समेत प्राथमिकताका साथ उल्लेख गरे ।
यसैबिच, बुधबार बिहान मध्य बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित एक विशेष समारोहका बिच महासचिव सीले पार्टीका सदस्यहरूलाई सीपीसीको सर्वोच्च सम्मान ‘जुलाई १ पदक’ प्रदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
-
आलुको परिकारमा साङ्ला भेटिएपछि...
-
घरेलु समर्थकको साथमा अमेरिका, बोस्नियाविरुद्ध अन्तिम १६ को लक्ष्य
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
-
श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण