देश फिल्म र फिल्मी संवादले चल्दैन, सरकार ‘ह्याङओभर’ बाट मुक्त होस्: शर्मा
सारांश
- सांसद युवराज शर्माले देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताउँदै सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गरेका छन् ।
- उनले कुपोषण, किसानको क्षतिपूर्ति र सुस्ताबासीको समस्यामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
- शर्माले सवारी तथा यातायात सम्बन्धी विधेयकका कठोर जरिवानाका प्रावधान सच्याउन माग गर्दै सरकार 'ह्याङओभर' बाट मुक्त हुनुपर्ने बताएका छन् ।
काठमाडौँ । नेपाली का्ंग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।
बैठकमा बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्याङ्क प्रस्तुत गरे । उनले हालै महाधिवेशन सम्पन्न गरेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै प्रश्न गरे, ‘आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् ?’
किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उनले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । यस्तै, आफ्नो माग राख्दै काठमाडौँ आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे स्पष्ट पारिदिनुपर्यो ।’
सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाए । उक्त विधेयक कुनै दक्षिण भारतीय चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उनले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गरे ।
‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ,’ शर्माले भने, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जति सक्दो चाँडो मुक्त हुनुपर्छ ।’ उनले समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुने कुरामा समेत जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण