बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको निर्वाचन समितिले भन्यो–  जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै गर्नू

बुधबार, १७ असार २०८३, १६ : २९
बुधबार, १७ असार २०८३

सारांश

  • नेपाली कांग्रेसको निर्वाचन समितिले विदेशस्थित जनसम्पर्क समितिहरूलाई केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्र अधिवेशन गर्न निर्देशन दिएको छ ।
  • वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि नयाँ मापदण्ड र कार्यतालिका तय गरेको छ ।
  • केन्द्रीय प्रतिनिधि बिना गरिने अधिवेशनलाई मान्यता नदिने र विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) को व्यवस्था कडाइका साथ लागू गरिने भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन गर्न निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले आगामी २०८३ साउन मसान्तभित्र केन्द्रीय प्रतिनिधिको अनिवार्य उपस्थितिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो । 

वरिष्ठ अधिवक्ता एवं निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले जनसम्पर्क समितिहरूको अधिवेशनका लागि नयाँ मापदण्ड र कार्यतालिका तय गरेको समेत उल्लेख गरेको छ । 

बैठकले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) को व्यवस्थालाई कडाइका साथ लागू गर्दै निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि विना गरिने अधिवेशनलाई मान्यता नदिने निर्णय गरेको समितिका सदस्यसचिव राजु कटवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस विधानमा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र हुनुपर्ने व्यवस्था छ।

अधिवेशन अगावै विदेशस्थित समितिहरूले आफ्ना सदस्यहरूको विवरण केन्द्रमा पठाउनुपर्ने र  पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सदस्यता स्वीकृत भएपछि मात्र निर्वाचन प्रयोजनका लागि निर्वाचन समितिले प्रतिनिधि खटाउने सदस्य सचिव कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन समितिले जनसम्पर्क समितिहरूलाई अधिवेशनको मिति तय भएपछि समयमै केन्द्रलाई जानकारी गराउन परिपत्र गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि नै २०८२ चैत ११ गते गरेको निर्णयअनुसार साउन मसान्तभित्रै अधिवेशन सक्नुपर्ने समय सीमा तोकिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप