पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ ‘हेर्दाहेर्दै’ मा
सारांश
- टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ नसकिएपछि 'हेर्दाहेर्दै'मा भोलिका लागि पेसीमा राखिएको छ।
- विशेष अदालतमा विचाराधीन यस मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ।
- पूर्वमन्त्री बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको र तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स लागू गर्न खोजेको आरोप छ।
काठमाडौँ। टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा भोलिका लागि पेसीमा राखिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ। स्वायत्त प्रकृतिको नेपाल दूरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए।
प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स लागू गर्न खोजेको आरोप छ। खरिदको निर्णय हुनुभन्दा पहिले भएको अध्ययनले कानुन बनेपछि मात्रै नागरिकको कल आदानप्रदान तथा डेटा खपतबारे अनुगमन गर्न सकिने राय दिएको थियो ।
त्यस विपरीत झाले २०७३ माघ २१ मा टेरामक्स खरिदको निर्णय गराएका थिए। एक पटक मात्रै वार्षिक बजेट पेस हुने भए पनि उनले पटक पटक बोर्डमा प्रस्ताव लगेको र दबाब दिएर बदनियतपूर्ण काम गरेको अख्तियारको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र क्रोएसियामध्ये को–कति बलियो ?
-
यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)
-
अनेरास्ववियुले भन्यो– प्राज्ञिक संस्था राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ
-
बागमतीका सांसदहरूको गुनासो : ‘पहुँचवालाको क्षेत्रमा मात्रै बजेट थुपारियो’
-
कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द
-
डिजिटल विज्ञापनदेखि एआई ‘डिपफेक’सम्म नियमन गर्ने राष्ट्रिय विज्ञापन नीति स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण