अपडेट
पोर्चुगल र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकियो
शुक्रबार, १९ असार २०८३, ०५ : ३६
काठमाडौँ । फिफा विश्वकपको 'राउन्ड अफ ३२' अन्तर्गत पोर्चुगल र क्रोएसियाबिचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा पोर्चुगलले बलमाथि ७० प्रतिशत नियन्त्रण जमाए पनि गोलको खाता खोल्न भने नसकेको हो ।
खेलको सुरुवाति ४५ मिनेटमा पोर्चुगलले क्रोएसियामाथि निरन्तर दबाब सिर्जना गरेको थियो। खेलको ३३ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको प्रहारलाई क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट बचाउ गरे। त्यसैगरी, जोआओ क्यान्सेलोको क्रसमा क्रिस्टियानो रोनाल्डोले गोल गर्ने सुवर्ण अवसर पाएका थिए, तर उनले बललाई सही दिशा दिन सकेनन्।
यता क्रोएसिया भने रक्षात्मक रणनीति अपनाउँदै काउन्टर अट्याकमा केन्द्रित देखिएको छ। क्रोएसियाका डिफेन्डरहरू र इभान पेरिसिचले पोर्चुगलका ६ वटा कर्नरहरूलाई विफल तुल्याइदिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डो बाहिरिएपछि रामोसको नाटकीय गोल: पोर्चुगल २–१ ले अगाडि
-
ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
-
कोशी प्रदेशः बजेट कार्यान्वयनको नाजुक चित्र !
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण