अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
सारांश
- पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान पक्का गरेको छ।
- खेलको दोस्रो हाफमा क्रोएसियाले अग्रता लिए पनि रोनाल्डोको पेनाल्टी गोल र रामोसको निर्णायक गोलले पोर्चुगललाई जित दिलायो।
- यस जितसँगै पोर्चुगलले अब प्रिक्वार्टरफाइनलमा स्पेनको सामना गर्नेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। यससँगै पोर्चुगलको स्पेनसँगको बहुप्रतीक्षित भेट पनि पक्का भएको छ।
टोरन्टो स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
तर ६८औँ मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले सफलतापूर्वक गोलमा परिणत गर्दै पोर्चुगललाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा राफाएल लेआओको पासमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब पोर्चुगलले प्रिक्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। युरोपका दुई फुटबल महाशक्तिबीच हुने यो भिडन्त विश्वकपको सबैभन्दा आकर्षक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण