प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, बिहानैदेखि गेटमा धर्ना
काठमाडौँ । प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले समान रूपमा महँगी भत्ता पाउनुपर्ने माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन्।
नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
_xsVVBwTy7q.jpg)
आज बिहान कार्यालय खुल्ने बित्तिकै कर्मचारीहरूले मुख्य गेटमै धर्ना दिएका थिए। गत माघ महिनादेखि महँगी भत्ता उपलब्ध नगराइएको भन्दै स्थायी कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन्। लामो समयदेखि महँगी भत्ता रोकिँदा आर्थिक भार बढेको र यस्तो अवस्थामा समेत नेतृत्वले चासो नदिएको उनीहरूको गुनासो छ। पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको आन्दोलनमा सहभागी एक कर्मचारीले बताए।
यस विषयमा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कर्मचारीहरूले भत्ता नपाएको विषयमा पटक–पटक छलफल भई बजेट निकासा गराउन पहल भइरहेको जानकारी दिए। उनले बजेट आउन धेरै समय लागेकाले कर्मचारीहरू भत्ता नै नआउने हो कि भनेर आत्तिएको हुन सक्ने बताए।
_IAVZOayXzM.jpg)
_yaXvZytGZY.jpg)
_gMLq59Y6zH.jpg)
_QlsVocyWxK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी
-
प्रिन्सेस क्रुज जहाजमा नोरोभाइरस सङ्क्रमण, १२५ जना बिरामी
-
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
-
नाटोसँगको सम्बन्ध ‘एकतर्फी’ र ‘हास्यास्पद’ रहेको ट्रम्पको टिप्पणी
-
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
-
मोड्रिचको बिदाइमा भावुक बने प्रशिक्षकहरू, रोनाल्डोले दर्शाए आत्मीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण