आधिकारिक थोक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न आग्रह
काठमाडौँ । नेपाल औषधि व्यवसायी संघ काठमाडौँले आधिकारिक थोक विक्रेता बाहेक अन्य कुनैपनि व्यक्ति वा माध्यमबाट आएका औषधिहरू खरिद तथा बिक्री नगर्न खुद्रा औषधि व्यवसायीलाई अनुरोध गरेको छ । औषधि गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली, सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै संघले आधिकारिक थोक विक्रेताबाट मात्रै औषधि खरिद तथा विक्री गर्न अनुरोध गरेको हो ।
संघले बिहीबार व्यावसायिक सूचना जारी गर्दै स्रोत पुष्टि नभएका वा अनधिकृत माध्यमबाट आएका औषधिहरू खरिद, बिक्री र वितरण नगर्न आग्रह गरेको छ । कुनैपनि औषधि आधिकारिक उत्पादक, आधिकारिक आयातकर्ता वा उनीहरूले नियुक्त गरेका आधिकारिक थोक विक्रेता मात्र खरिद गर्न आह्वान गरेको छ । संघका महासचिव शुभमान श्रेष्ठले स्रोत पुष्टि नगरी औषधि खरिद वा बिक्री गर्नु जनस्वास्थ्य र व्यवसाय दुवैका लागि गम्भीर जोखिमको विषय रहेको बताए ।
संघले थोक तथा खुद्रा औषधि व्यवसायीलाई जारी गरेको सूचनामा भनिएको छ, ‘ थोक विक्रेताले बिलबिजक जारी वा कम्प्युटर प्रणालीमा प्रविष्ट गर्दा कम्तीमा ब्याच नम्बर, एक्सपायर डेट, एमआरपी तथा क्वान्टिटी अनिवार्य रुपमा मिलान गरी मात्र बिल जारी वा कम्प्युटर प्रविष्ट गर्नुहोस् । ’ संघले प्राप्त भएका सम्पूर्ण औषधिको खरिद बिल, ब्याच नम्बर, समाप्ति मिति, उत्पादक–आयातकर्ता तथा अन्य आवश्यक विवरण प्राप्त गर्दाकै अवस्थामा परीक्षण गरी अभिलेख व्यवस्थित गर्न अनुरोध गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिन्सेस क्रुज जहाजमा नोरोभाइरस सङ्क्रमण, १२५ जना बिरामी
-
गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
-
नाटोसँगको सम्बन्ध ‘एकतर्फी’ र ‘हास्यास्पद’ रहेको ट्रम्पको टिप्पणी
-
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
-
मोड्रिचको बिदाइमा भावुक बने प्रशिक्षकहरू, रोनाल्डोले दर्शाए आत्मीयता
-
आज २५ अर्बको ऋणपत्र जारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण