शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक

शुक्रबार, १९ असार २०८३, ११ : २१
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको फस्ट लुक्स पोस्टरमा अभिनेत्री प्रियंका कार्की फिचर छिन् ।

चलचित्रको शीर्ष भूमिकामा उनी नै रहेकी छिन् । बाथटबमा शान्त रूपमा सुतेकी प्रियंकाको आँखाले भने केही भन्न खोजिरहेको अनुमान गर्न सकिन्छ । बाहिरबाट शान्त देखिए पनि भित्र केही गहिरो रहस्य रहेको पोस्टरले संकेत गर्छ ।  

त्यस्तै, त्यहाँ अँध्यारो पानीमा रहेका सुनौला माछाहरूले शान्तिभित्र पनि असामान्य कुरा भइरहेको आभास दिन्छ । प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंकाको साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा,  अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रूपमा सिमोस सुनुवार रहेका छन् । प्रियंका कार्कीको कथा रहेको चलचित्रको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन् भने प्रियंका र शान मिलेर डाइलग लेखेका छन् । युवराज इन्दोरियाले खिचेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।

चलचित्र नेपालीसहित अन्य ९ भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ ।  चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?