शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

गणतन्त्रका विरुद्ध बोले २५ वर्ष जेल ! अपराध संहिता संशोधन प्रस्तावको राणा–प्रसाईंद्वारा विरोध

शुक्रबार, १९ असार २०८३, १२ : ०८
शुक्रबार, १९ असार २०८३

सारांश

  • सरकारले गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्षसम्म कैद सजायको व्यवस्था गर्ने प्रस्तावसहित मुलुकी अपराध संहिता, २०७४ संशोधन गर्न खोजेको छ।
  • यस प्रस्तावको डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईंले विरोध गरेका छन् र यस विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका छन्।
  • विपक्षीको दाबी छ कि यस्तो प्रावधानले अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद र शान्तिपूर्ण असहमतिमाथि अंकुश लगाउनेछ।

काठमाडौं । गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्षसम्म कैद सजायको व्यवस्था गर्ने प्रस्तावसहित सरकारले मुलुकी अपराध संहिता, २०७४ संशोधन गर्न खोजेको विरोध भएको छ । नयाँ दलको तयारीमा रहेका नेताहरू डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईंले यसको विरोध गरेका हुन् । 

उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गर्न राणा र प्रसाईंको उपस्थितिमा शुक्रबार दिउँसो ३ बजे जमलस्थित होटल येलो प्यागोडामा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।  सचिवालय प्रमुख सगुन सुन्दर लावतीले  गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई २५ वर्षसम्म कैद सजायको व्यवस्था गर्ने प्रस्ताव आपत्तिजनक रहेको बताए । 

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले पनि प्रतिनिधिसभामा सरकारले मुलुकी अपराध संहिता संशोधनका नाममा ल्याएको प्रस्तावित मस्यौदा संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए।

सरकारले प्रस्तावित संशोधनमा ‘नेपालको संविधान वा लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा गतिविधि गर्ने, गराउने वा बल प्रयोग गर्ने’ कार्यलाई राज्यविरुद्धको कसुर मानेर २५ वर्षसम्म कैद सजायको व्यवस्था गर्न खोजेको बताइएको छ। 

 यस्तो प्रावधानले अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक बहुलवाद र शान्तिपूर्ण असहमतिमाथि अंकुश लगाउने विपक्षीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?