सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
शुक्रबार, १९ असार २०८३, १९ : ३०
धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत ‘वर्ष प्रशिक्षक’ विधाको अवार्ड विष्णुदत्त भट्टले प्राप्त गरेका छन्। खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा भट्टलाई उक्त अवार्डसहित नगद ३० हजार रुपैयाँ प्रदान गरिएको हो।
यस विधामा क्रिकेटका धिरेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतम पनि मनोनयनमा परेका थिए। भट्टले बङ्गलादेशविरुद्धको कबड्डी शृङ्खलामा नेपाली टोलीलाई स्वर्ण पदक दिलाउनुका साथै दोस्रो विश्वकप कबड्डीमा नेपाललाई चौथो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। सोही योगदानको कदर गर्दै उनलाई वर्ष प्रशिक्षकको अवार्ड प्रदान गरिएको हो।
अवार्ड ग्रहणपछि भट्टले यस सम्मानले आफूलाई थप हौसला मिलेको बताए। साथै, अवार्डले आगामी दिनमा अझ जिम्मेवारीका साथ काम गर्न प्रेरित गरेको उनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण