केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
सारांश
- साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
- निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो, जहाँ केप भर्डेका डिनेय बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक आधार बन्यो।
- यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा भएको अत्यन्तै रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्त्यतिर केप भर्डेका डिनेय बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितको निर्णायक आधार बन्यो।
अर्जेन्टिनाले २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीको गोलबाट अग्रता लिएको थियो। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर १०३औँ मिनेटमा सिड्नी काब्रालले गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा ल्याए।
खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला अतिरिक्त समयको १११औँ मिनेटमा केप भर्डेका डिनेय बोर्जेसबाट आत्मघाती गोल हुन पुग्यो। सोही गोल अर्जेन्टिनाको जितको निर्णायक गोल बन्यो।
विश्व वरीयताको दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ५९औँ वरीयताको केप भेर्देले अन्तिमसम्म कडा चुनौती दिएको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको केप भर्डे पराजित भए पनि आफ्नो साहसिक खेलका कारण समर्थकहरूको प्रशंसा बटुल्न सफल भयो।
यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ, जहाँ उसले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण