शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी

शनिबार, २० असार २०८३, ०६ : ५०
शनिबार, २० असार २०८३

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। केप भर्डेविरुद्ध अन्तिम ३२ को खेलमा गोल गरेसँगै मेस्सी विश्वकपका लगातार ८ खेलमा गोल गर्ने इतिहासका एकमात्र खेलाडी बनेका छन्।

३९ वर्षीय मेस्सीले खेलको २९औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा लगातार आठ खेलमा गोल गर्ने दुर्लभ उपलब्धि आफ्नो नाममा लेखाए।

विश्व फुटबलका सर्वकालीन महान खेलाडी मानिने मेस्सीले विश्वकपमा लगातार कीर्तिमानहरू बनाउँदै आएका छन्। आजको खेलसँगै मेस्सीले विश्वकपमा सर्वाधिक ३० खेल खेल्ने र सर्वाधिक २० गोल गर्ने थप कीर्तिमान पनि बनाएका छन्।

मेस्सीको गोल र अतिरिक्त समयमा केप भर्डेका डिनेय बोर्जेसको आत्मघाती गोलको मद्दतमा अर्जेन्टिनाले रोमाञ्चक खेलमा ३–२ को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप