शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता

शनिबार, २० असार २०८३, ०८ : ०७
शनिबार, २० असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को अन्तिम ३२ को चरणमा घानाविरुद्धको खेलमा कोलम्बियाले पहिलो हाफ १-० ले जितेको छ।
  • कोलम्बियाका लागि जोन आरियासले १४औँ मिनेटमा लुइस सुवारेजको पासमा गोल गरे।
  • पहिलो हाफमा कोलम्बियाले नियन्त्रण कायम राखे पनि घानाले बराबरी गोल गर्न सकेन।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को चरणमा कोलम्बिया र घानाबिचको खेलको पहिलो हाफ सकिँदा कोलम्बियाले १–० को अग्रता कायम गरेको छ।

क्यान्सस सिटी स्टेडियममा जारी खेलमा कोलम्बियाले १४औँ मिनेटमै अग्रता बनाएको थियो। लुइस सुवारेजको पासमा जोन आरियासले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका हुन्।

col

गोलपछि कोलम्बियाले खेलमा नियन्त्रण कायम राख्दै थप अवसर सिर्जना गरेको थियो भने घानाले बराबरी गोलका लागि प्रयास गरे पनि पहिलो हाफमा सफल हुन सकेन।

colim

पहिलो ४५ मिनेटको खेलपछि आरियासको एकमात्र गोलका आधारमा कोलम्बिया १–० ले अगाडि छ। दोस्रो हाफमा घाना पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ भने कोलम्बिया अग्रता जोगाउँदै अन्तिम १६ को यात्रा सुनिश्चित गर्न प्रयासरत हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप