रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले फरार प्रतिवादी पक्राउ बिशेष अभियान अन्तर्गत एकै दिनमा २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत रौतहटबाट चेक अनादर, किर्ते नागरिकता, सवारी अगभाङ, लगायत मुद्दामा दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिएर लामो समय देखि लुकिछिपी बस्दै आएका २१ जना प्रतिवादी लाई शुक्रवार जिल्लाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा देवेन्द्र राजत बरै, राजकिशोर साह, सुशील पटेल, रामनाथ सहनी, रोकेश पटेल, दिपेन्द्र प्रसाद पटेल, रामबाबु प्रसाद पटेल, शिवनाथ प्रसाद जयसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताएका छन्।
त्यसैगरी सोही मुद्दामा धर्मेन्द्र कुमार दास, कमेश्वर प्रसाद महतो, अमामुलदिन, बिजेश पटेल, मनोज कुमार राजत, पुनित प्रसाद यादव, जयराम मुखिया, विन्देश्वर प्रसाद पटेल, कृष्ण लामा, नागरिकता र किर्ते मुद्दामा रुपेश राय, सोही मुद्दामा प्रमुनन्दन प्रसाद यादव, रंजिता कुमारी यादव, सवारी अंगभंग मुद्दामा प्रमोद कुमार चौधरी रहेका छन्।
कैद भुक्तान र फैसला कार्यान्वयन को लागी हिजो शुक्रवार पक्राउ परेका सबै २१ जना प्रतिवादी लाई जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकार आएयता ४९५ बिचौलिया र लुटपाट गर्ने १३ हजारभन्दा बढी समातिए
-
प्रचण्डको व्यङ्ग्य, ‘चुनावमा जमानत जफत भएका युवालाई अहिल्यै नेतृत्व चाहियो’
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण