‘जिरो डिग्री’ तिहारमा हुने
सारांश
- चलचित्र 'जिरो डिग्री' २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ।
- चलचित्रका निर्देशक आकाश बरालका अनुसार तिहारलाई प्रदर्शनको उपयुक्त समयका रूपमा रोजिएको हो।
- सामाजिक, पारिवारिक, भावनात्मक तथा हास्य प्रधान कथावस्तुमा आधारित यो चलचित्रले सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन दिने विश्वास छ।
काठमाडौँ । चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ। पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै चलचित्र पूर्वघोषित योजनाअनुसार नै रिलिज हुने बनाइको हो ।
चलचित्रका निर्देशक आकाश बरालका अनुसार ‘जिरो डिग्री’को रिलिज मिति कुनै आवेग वा प्रतिस्पर्धालाई आधार बनाएर तय गरिएको होइन। कथा, बजार, दर्शक, वितरण, प्रचार–प्रसार र समग्र निर्माण योजनाको गहन अध्ययनपछि नै तिहारलाई प्रदर्शनको उपयुक्त समयका रूपमा रोजिएको उनले बताए।
सामाजिक, पारिवारिक, भावनात्मक तथा हास्य प्रधान कथावस्तुमा आधारित चलचित्र ‘जिरो डिग्री’ले सबै उमेर समूहका दर्शकलाई एकै ठाउँमा बसेर मनोरञ्जन लिन सक्ने विश्वास निर्माण टिमको छ।
‘बेहुली फ्रम मेघौली’पछि निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको दोस्रो चलचित्रका रूपमा निर्माण भएको ‘जिरो डिग्री’मा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीलगायत कलाकारहरूको अभिनय छ।
चलचित्रका लेखक, निर्देशक तथा निर्माता साजन काफ्ले र आकाश बराल हुन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। चलचित्रमा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, अंकित बाबु अधिकारीको संगीत छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण