एनपीएल : अक्सनमार्फत ५२ जना खेलाडी छानिने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ।
क्यानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको अक्सनका लागि कुल १५५ जना खेलाडीहरू छनोट भएको जानकारी दिएको छ।
जसका लागि कुल ३४७ जना खेलाडीहरूले आफ्नो नाम दर्ता गराएकामा क्यानले १५५ जना खेलाडीहरूको अन्तिम सूची (सर्टलिस्ट) तयार पारेको हो।
अक्सनमा समावेश हुने खेलाडीहरूलाई तीनवटा श्रेणीमा विभाजन गरिएको छ, जसमा क्याटेगोरी 'ए' मा ५ जना, क्याटेगोरी 'बी' मा २७ जना र क्याटेगोरी 'सी' मा १२३ जना खेलाडीहरू रहेका छन्। यीमध्ये विभिन्न फ्रेन्चाइज टोलीहरूले अक्सनमार्फत ५२ जना खेलाडीहरूलाई आफ्नो टोलीमा आबद्ध गर्नेछन्।
एनपीएलको यस तेस्रो संस्करणदेखि खेलाडीहरूको सहभागितामा केही नयाँ नियमहरू पनि लागू गरिएको छ। अब हरेक फ्रेन्चाइज टोलीमा २/२ जना नेपाली खेलाडीहरू थप भई मार्की र ट्यालेन्ट हन्ट समेत गरी कुल १४ जना नेपाली खेलाडीहरू समावेश रहने सुनिश्चित गरिएको छ। यस व्यवस्थाले थप नेपाली खेलाडीहरूलाई व्यावसायिक क्रिकेटको मञ्च प्रदान गर्ने विश्वास लिइएको क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अक्सन कार्यक्रम सोमबार काठमाडौँमा आयोजना हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण