यात्रा गर्दै हुनुहुन्छ ? यी राजमार्ग र भित्री सडकहरू छन् पूर्ण रूपमा अवरुद्ध
सारांश
- देशभर बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
- बागमती प्रदेशको काभ्रेपलाञ्चोक र मकवानपुरमा सडक पूर्ण रूपमा प्रभावित छ भने कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर अवरुद्ध छ।
- गण्डकी प्रदेशका पर्वतमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने स्याङ्जा, लुम्बिनी प्रदेशको रोल्पा र कोशी प्रदेशको भोजपुरमा सडक एकतर्फी सुचारु गरिएको छ।
काठमाडौँ । मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।
सोमबार बिहान ८ बजेसम्मको तथ्यांक अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकमा सवारी आवागमन प्रभावित बनेको हो।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक र मकवानपुरमा सडक पूर्ण रूपमा प्रभावित छ। सम्भावित बाढीको जोखिमका कारण काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी चल्ने बिपी राजमार्ग सडक खण्डमा जेठ २२ गतेदेखि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ र ४ महालक्ष्मीस्थित कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ।
सडक मर्मतको कार्य भइरहेकाले जेठ १५ गतेदेखि बन्द भएको उक्त बाटो यही महिनाको २५ गतेसम्म बन्द रहनेछ। उता, कर्णाली प्रदेशको रुकुम पश्चिममा असार १७ गते आएको बाढीले आठबीसकोट नगरपालिका-६ स्थित रिजेगार्ड खोलामा भेरी करिडोर ‘पूर्ण रूपमा अवरोध’ गरेको छ।
गण्डकी प्रदेशका दुई जिल्लामा असार २१ गते गएको पहिरोले यातायात प्रभावित बनाएको छ। पर्वतको फलेवास नगरपालिका-९, उल्लेरीस्थित भंगरा-थापाठाना भित्री सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। तर, स्याङ्जाको वालिङ नगरपालिका-१४, डुम्रिभञ्ज्याङस्थित वालिङ-हुवास भित्री सडक भने पहिरो पन्छाएर एकतर्फी रूपमा सुचारु गरिएको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका-१, खोलावाङमा असार २० गते गएको पहिरोले घोराही-रुकुम सहिद मार्ग प्रभावित बनाएको भए पनि हाल उक्त सडक एकतर्फी सुचारु छ। त्यस्तै, कोशी प्रदेशको भोजपुर नगरपालिका-५, बोखिममा वैशाख १२ गते गएको बाढीले अवरुद्ध मध्य पहाडी लोकमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। उक्त गन्तव्यका लागि यात्रुहरूले अर्को वैकल्पिक बाटो समेत प्रयोग गर्न सक्ने अवस्था रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
-
शून्य समयमा सरकारमाथि सांसदको प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण