१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सारांश
- जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले १४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
- रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा साना नदीहरूको बहाव बढ्ने सम्भावना छ ।
- भोलि र पर्सी बाढीको जोखिम पूर्वी र मध्य भागतिर सर्ने तथा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न १४ जिल्ला भएर बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
मुख्य नदीहरूको अवस्था भने हाल सामान्य रहेको महाशाखाले उल्लेख गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ । यसैगरी कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सुरक्षित अवस्थामै रहेको बुलेटिनमा जनाइएको छ ।
भोलि र पर्सिको मौसम पूर्वानुमान हेर्दा बाढीको जोखिम देशको पूर्वी र मध्य भागतिर सर्ने देखिएको छ । महाशाखाका अनुसार भोलि असार २३ गते र पर्सि असार २४ गते कोशी, बागमती, गण्डकी र मधेस प्रदेश भई बहने केही स-साना नदीहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान छ । नदी तटीय क्षेत्र र जोखिमका आसपास रहने बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण