शंकर पोखरेलको प्रश्न : अब त ‘पपुलिजम’ के रहेछ भन्ने प्रस्ट भयो होला नि ?
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा र उसको नेतृत्वको सरकारका मन्त्रीहरूले चुनाव अघि र पछि फरक फरक कुरा गरेर सस्तो लोकप्रियता ‘पपुलिजम’ को रूप देखाएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले चुनावका बेला बालेन्द्र शाहले ‘गोजीमा पैसा नभएका जनताले पनि पढ्न र स्वास्थ्य उपचार पाउनुपर्छ र यही आफूहरूको एजेन्डा भएको भन्ने अभिव्यक्ति उद्धृत गदै अहिले अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘३५ सय रुपैयाँ बिमा शुल्क लिएर १ लाखको उपचार गराउन सम्भव छैन’, भन्ने अभिव्यक्ति कोट गरेका छन् ।
महासचिव पोखरेलले वर्तमान सरकारले तल्लो तहको नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर ल्याइएको हो भन्दै व्यङ्ग्य गरेका छन् ।
‘चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रस्ट भयो होला नि ?’ प्रश्न गर्दै पोखरेलले भनेका छन्, ‘अचम्म त के छ भने, जनभावना विपरीतका यस्ता कुराको जनस्तरबाट विरोध हुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाह भन्दैछन्- ढुक्क हुनुस्, देश बन्छ !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
-
लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्न सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण