प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
सारांश
- सांसद सिता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका कारण ठोरी नाकामा समस्या आएको र पर्यटन व्यवसाय धराशायी भएको बताएकी छन् ।
- ठोरी नाकामा भन्सारको भवन भए पनि कर्मचारी नहुँदा पर्यटकीय सवारीसाधन रोकिएको र यसको समाधानका लागि सांसद थपलियाले गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
- उनले सरकारको १०० दिनको कार्यकालले जनतामा निराशा जगाएको, महँगी नियन्त्रण नभएको र विभिन्न सहमति कार्यान्वयन नभएको आरोप लगाएकी छन् ।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिका कारण नेपाल–भारत सीमावर्ती क्षेत्रमा समस्या देखिएको र त्यसको प्रत्यक्ष असर पर्साको ठोरी नाकामा परेको बताएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ठोरी नाकामा भारतीय पर्यटकका सवारी साधनको प्रवेशमा रोक लगाइँदा त्यहाँको पर्यटन व्यवसाय धराशायी भएको बताइन् । ‘पर्साको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको ठोरी नाकामा भन्सारको भवन भए पनि कर्मचारी छैनन् । आफ्नै प्रशासनिक कमजोरीले गर्दा पर्यटकीय सवारी साधन रोकिएका छन्,’ उनले भनिन् ।
थपलियाले ठोरी सीमा नाकाको समस्या तत्काल समाधान गर्न र आवश्यक कर्मचारीको व्यवस्था गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन् । उनले शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकालले जनतामा आशा भन्दा बढी निराशा जगाएको टिप्पणी गरिन् ।
थपलियाले सरकारले घोषणा गरेका सुशासन र सेवा प्रवाहका प्रतिबद्धताहरू व्यवहारमा लागू हुन नसकेको आरोप लगाइन् । सरकारको १०० दिनमा महँगी नियन्त्रण हुन नसकेको, सुकुम्बासीका समस्या समाधान नभएको र ‘जेनजी’ आन्दोलनसँग भएको १० बुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण