कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार हुने सवारी दुर्घटना र उद्धार कार्यबारे गृहमन्त्रीको जवाफ मागेका छन्।
- सांसद प्रसाईंले कर्णाली राजमार्गमा हुने दुर्घटनालाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै नागरिकको जीवन रक्षामा राज्यको दायित्वमाथि प्रश्न उठाए।
- उनले हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउँदै उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भइरहेका सवारी दुर्घटना र त्यसपछि गरिने उद्धार कार्यबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रसाईंले कर्णाली राजमार्गमा हुने दुर्घटनाहरूलाई राज्य र समाजले केवल समाचारको विषय मात्र बनाएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट राज्य कुनै पनि हालतमा पन्छिन नपाउने उनले बताए । नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अरू हुन नसक्ने उल्लेख गर्दै सांसद प्रसाईंले हालै भएको दुर्घटनामा सरकारको उद्धार संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाए ।
उद्धारका क्रममा राज्यले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरे–नगरेको र भीरमा अड्किएका नागरिकको हारगुहारका बाबजुद उद्धारमा लापरवाही भएको विषयमा सत्यतथ्य बाहिर ल्याउन उनले माग गरे । संसद्मा बोल्दै उनले भने, ‘कुनै पनि घटना आफ्नै घरमा घट्दा मात्र त्यसको पीडाबोध हुने र अरूको घरमा घट्दा त्यो केवल समाचार मात्र बन्ने गरेको छ । दुर्भाग्यवश समाज यति असंवेदनशील भएको छ कि कर्णालीका दुर्घटनाहरू हाम्रा लागि नियमित समाचार मात्र बन्न थालेका छन् ।’
कर्णाली राजमार्गलाई सुरक्षित बनाउन र भविष्यमा यस्ता हृदयविदारक दुर्घटनाहरू दोहोरिन नदिन सरकारसँग के–कस्ता दीर्घकालीन योजनाहरू छन् भनी उनले प्रश्न गरे । नागरिकको जीवनसँग जोडिएको यस गम्भीर विषयमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सोच्नुपर्नेमा जोड दिँदै सांसद प्रसाईंले गृहमन्त्रीलाई रोष्टममा उभिएर जवाफ दिनका लागि सभामुखमार्फत तत्काल रुलिङको माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण