१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले १११ केन्द्रीय सदस्य समायोजन र सदस्यता अद्यावधिक नगर्ने संस्थापनइतर समूहका माग पूरा गर्न नसक्ने बताएका छन् ।
- थापाले विधान विपरीत हुने र अव्यवहारिक तथा अराजनीतिक हुने भएकाले यी माग स्वीकार्न नसकिने स्पष्ट पारे ।
- उनले १५औँ महाधिवेशनलाई सबैको बनाउन विभिन्न समितिहरूमा इतर समूहलाई सहभागी गराउन तयार रहेको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर समूहले राखेका दुई विषय आफूले पूरा गर्न नसक्ने बताएका छन् । कांग्रेसको संगठन जनसम्पर्क समिति जापानको अधिवेशनमा भर्चुअल सम्बोधन गर्दै सभापति थापाले १४ औँ महाधिवेशनबाट आएका १११ केन्द्रीय समिति सदस्यलाई पनि वर्तमान समितिमा समायोजन गर्ने र अद्यावधिक नगर्ने विषयलाई आफूले स्विकार्न नसक्ने बताएका हुन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा.शेखर कोइराला समूहले १११ केन्द्रीय सदस्य समायोजित गर्नुपर्ने र क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य गर्न नहुने माग राख्दै आएका छन् ।
‘विधानले जुन कुरा दिन्न त्यो कुरा मैले चाहेर पनि मैले गर्न सक्दिन । एउटा, नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगरीकन चलाऊँ भन्ने कुरा नेपाली कांग्रेसको विधानमै भएको व्यवस्थाको बर्खिलाप हुन्छ त्यो अव्यवहारिक पनि हुन्छ त्यो अराजनीतिक पनि हुन्छ,’ सभापति थापाले भने– ‘विशेष महाधिवेशनबाट नयाँ केन्द्र समिति बनिसक्यो । यो सबैको केन्द्र समिति हो । सभापतिले पाएको अधिकार अनुसार बढी भन्दा बढी साथीहरूलाई सहभागी गराउने कुरा यो जिम्मेवारी कुरा म गरिहाल्छु । तर यो अघिल्लो केन्द्र समितिको एक सय कति जना बाँकी हुनुहुन्छ त्यो सबै साथीहरूलाई ल्याएर यसमा मिसाउनु पर्छ भन्ने कुरा चाहिँ त्यो विधानले नदिने कुरा गर्नु पनि हुँदैन ।’
सभापति थापाले १५औँ महाधिवेशनलाई सबैको बनाउन महाधिवेशनको तिथि मितिमा छलफल गर्न, सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति र महाधिवेशन व्यवस्थापन समिति इतर समूहले चाहे अनुसारको बनाउन तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
एमाले–कांग्रेसले संविधान संशोधनबारे कार्यदललाई कुनै सुझाव नदिने
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
रास्वपाको संशोधित विधानमा के छ व्यवस्था ?
-
‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जितबहादुर’ र ‘जाँड’को आम्दानी कति ?
-
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण