देउवा समूहको बैठक
देउवा समूहले साउन ६ गते बीपी स्मृति दिवस छुट्टै मनाउने
सोमबार, २२ असार २०८३, १६ : २९
सारांश
- नेपाली कांग्रेसको देउवा समूहले साउन ६ गते छुट्टै वीपी स्मृति दिवस मनाउने निर्णय गरेको छ ।
- सोमबार उद्घाटन गरिएको सम्पर्क कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
- बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग भएका गतिविधिबारे जानकारी दिएका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको छ । समूहको सोमबार उद्घाटन गरेको सम्पर्क कार्यालयमा बसेको काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी र १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूको बैठकले त्यस्तो निर्णय गरेको बैठकपछि नेता मीन विश्वकर्माले सञ्चारकर्मीहरूलाई जानकारी दिए ।
बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनसँग विशेष महाधिवेशनदेखि अहिलेसम्म भए गरेका गतिविधिहरू सुनाएका विश्वकर्माले बताए ।
विश्वकर्माले छलफल भोलि पनि जारी रहने बताए । १५औँ महाधिवेशन कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे भोलि निर्णय हुने पनि नेता विश्वकर्माको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण